News Portal

  • सिबिआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

    आर्थीकसंसार संवाददाता१७ कार्तिक, २०७९
    २९९ पटक
    १७ कार्तिक, २०७९

    काठमाडौं । सिबिआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ एसिसिए हुनुका साथै उनले काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर हाशिल गरेका छन् ।
    यस अगाडि श्रेष्ठ एनआईबिएल्. क्यापिटल मार्केट्समा उच्च व्यवस्थापन स्तरमा तथा नबिल इन्भेष्टमेन्ट्स बैंकिङ र मेघा क्यापिटल मार्केट्समा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । श्रेष्ठसँग देश तथा विदेशमा गरी १७ वर्ष वित्तीय तथा मर्चेन्ट बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव रहेको छ ।

    प्रतिकृया दिनुहोस्