News Portal

  • सानिमा जनरल र जनरल इन्स्योरेन्सबीच एकीकृत कारोबार सुरु

    आर्थीकसंसार संवाददाता७ कार्तिक, २०७९
    ३२३ पटक
    ७ कार्तिक, २०७९

    काठमाडाैं । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच एकीकृत कारोबार शुभारम्भ भएको छ । साेमबार लक्ष्मीपुजाकाे दिन दुई कम्पनीबीच एकीकृत कारोबार सुरु भएको हो ।
    बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले दुई कम्पनीबीच एकिकृत काराेबार शुभारम्भ गरेका हुन् । दुई कम्पनीकाे मर्जर पश्चात् सानिमा जिआईसी इन्स्योरेन्सको नामबाट कारोबार हुनेछ । कम्पनी बराबरी हैसियतमा गाभिएका हुन् ।
    मर्जर पश्चात कम्पनीकाे अध्यक्षमा जनरलका कुनाल कयाल र प्रमुख कार्यकारी अधिकृतमा सानिमाका सुद्युम्न उपाध्याय रहनेछन् ।
    गत असोज ११ गते सम्पन्न विशेष साधारणसभाबाट दुवै कम्पनीले मर्जरको विशेष प्रस्ताव पारित गरेका थिए। नियामक बीमा समितिले मर्जरका लागि असोज १४ गते अन्तिम स्वीकृति दिएको थियो।
    मर्जरपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुगेको छ । कम्पनीकाे जगेडा कोषमा ३६ करोड ९३ लाख रुपैयाँ र बीमा कोषमा ४१ करोड रुपैयाँ सञ्चित छ ।

     

    प्रतिकृया दिनुहोस्