आर्थीकसंसार संवाददाता६ कार्तिक, २०७९
६ कार्तिक, २०७९काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको इलाम शाखाले इलाम सान्तिडाँडा निवासी मृतक जित बहादुर राइको परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीको उक्त शाखाले राइको परिवारलाई १४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो ।
मृतक जित बहादुर राइको छोरारछोरी बिशाल,बिनोद,बितिसा राइलाइ उक्त दाबी वापतको चेक हस्तान्त्रण गरेको हो। मृतक राइले कम्पनीमा वैदेशिक रोजगार (म्यादी) जीवन बीमा गरेका थिए ।
चेक हस्तान्तरण कार्यक्रममा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड इलाम शाखाका सेल्स एक्जुकेटिभ कमल राइ, अपरेशन इन्चार्ज होमनाथ दाहाल, र सुरक्षित बैदेसिक रोजगारी का लागि आप्रबासी श्रोत केन्द्र देउमाइ नगरपालिका का प्रतिनिधि, स्थानीय वडाका वडासदस्य, स्थानीय बासिन्दा हरु लगायतको बृहत उपस्थिति रहेको थियो ।