News Portal

  • एशियन लाइफको बिजनेश एक्सिलेन्स कार्यक्रम भव्यताका साथ सम्पन्न

    आर्थीकसंसार संवाददाता३१ असोज, २०७९
    २२६ पटक
    ३१ असोज, २०७९

    काठमाडौं। एशियन लाइफ इन्स्योरेन्सको कर्णाली प्रदेश र लुम्बिनी क्लष्टर अन्तर्गतको बिजनेश एक्सिलेन्स (अभिकर्ता सम्मान) कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
    होटल सिद्धार्थ सन्नी रिसोर्टमा आयोजित कार्यक्रममा कर्णालीको दैलेख,सुर्खेत, लुम्बिनीको भुरीगाउँ, कोहलपुर र नेपालगंज शाखाका क्लब मेम्बर र बिजनेश म्यानेजर अभिकर्ताहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।
    सहभागीहरुलाई कम्पनीको अध्यक्ष दिपक कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ र प्रदेश प्रमुख विजय पराजुलीले सम्मान पत्र तथा ट्रफी सहित सम्मान गरेका थिए ।
    त्यस क्षेत्र अन्तर्गत क्लब मेम्बरतर्फ क्रमशः पुष्पा सिंह ठकुरी, विवेक पोखरेल र केदार नाथ कोइराला प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेकोमा ट्रफी प्रदान गरिएको थियो । त्यसैगरी बिजनेश म्यानेजरतर्फ हरिमाया बुढा, दिलमाया बुढामगर र महेन्द्र बहादुर सिंहलाई प्रथम, द्वितीय र तृतीय अवार्ड प्रदान गरिएको थियो ।
    कार्यक्रममा सहभागी अभिकर्ताहरुलाई प्रशिक्षक भागवत घिमिरेले उत्प्रेरनात्मक तालिम दिएका थिए । सम्मान कार्यक्रममा दैलेख,सुर्खेत, कोहलपुर, नेपालगंज र भुरीगाउँ शाखाका शाखा प्रबन्धकहरुको समेत सहभागीता रहेको थियो ।
    एशियन लाइफ इन्स्योरेन्सले यसवर्ष प्रदेश स्तरमा अभिकर्ताहरुको सम्मान कार्यक्रम आयोजना गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्