काठमाडौं । बीमा ऐन २०७९ ले राष्ट्रिय बीमा संस्थान ऐन २०२५ खारेज गरे सँगै राष्ट्रिय बीमा संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत हुन एक वर्षको म्याद दिएको छ । ऐनको दफा १७२ को उपदफा २ मा भनिएको छ ‘गठन भएको राष्ट्रिय बीमा संस्थान एक वर्षभित्र एक पब्लिक लिमिटेड कम्पनीमा परिणत गरिनेछ।’
राष्ट्रिय बीमा संस्थानमा कार्यरत कर्मचारीहरु पनि स्वतः कम्पनी अन्तर्गत परिणत हुनेछन् । राष्ट्रिय बीमा संस्थानमा कायम रहेको चल अचल सम्पत्ति र दायित्व स्वतः नयाँ बन्ने कम्पनीको चल अचल सम्पत्ति र दायित्वको रुपमा परिणत हुनेछ ।
त्यस्तै राष्ट्रिय बीमा संस्थानबाट जारी भएका बीमालेख पनि नयाँ बन्ने कम्पनीबाट जारी भएको बीमालेख मानिनेछ । संस्थान छुट्टै ऐन अन्तर्गत सञ्चालन हुँदा नियामक निकाय बीमा समितिलाई धेरै गाह्रो पर्दै आएको छ । संस्थाले बीमा समितिले भनेको नटेर्ने बीमा समितिले नियमन गर्न नसक्ने भएकाले पनि गाह्रो परेको हो । त्यसैले गर्दा बीमा समितिले ५ वर्ष अगाडी जारी गरेको क्यापिटल प्लान संस्थाले अहिलेसम्म पनि कार्यान्वयन गरेको छैन । विगत लामो समयदेखि संस्थाले लेखापरीक्षण गर्न सकेको छैन ।
एक दशक भन्दा लामो समय अगाडीको बोनसदरमै बीमितलाई चित्त बुझाएर बसेको छ । संस्थान छुट्टै ऐन अन्तर्गत सञ्चालित हुँदा बीमा समितिले जारी गरेका संस्थागत सुशासन समेत पालना हुन सकेको छैन ।
राष्ट्रिय बीमा संस्थानलाई कम्पनीमा परिणत गर्न एक वर्षको म्याद, प्राधिकरणको नियमनमा बस्नु पर्ने
आर्थीकसंसार संवाददाता२७ असोज, २०७९
२७ असोज, २०७९- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल बैंकको नगद लाभांश घोषणा
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न