News Portal

  • कामना सेवा विकास बैंकको संस्थापक शेयर विक्रीमा

    आर्थीकसंसार संवाददाता२७ असोज, २०७९
    ३०४ पटक
    २७ असोज, २०७९

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको २० हजार कित्ता संस्थापक शेयर असोज २७ गतेदेखि लिलामीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकतामा राखेर उल्लेखित शेयर विक्रीमा ल्याएको हो ।
    यस शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
    तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्