News Portal

  • नारायणी डेभलपमेण्ट बैंकको २२ हजार ८१४ कित्ता संस्थापक शेयर विक्रीमा

    आर्थीकसंसार संवाददाता२४ असोज, २०७९
    २५७ पटक
    २४ असोज, २०७९

    काठमाडौं । नारायणी डेभलपमेण्ट बैंक लिमिटेडले आज असोज २४ गतेदेखि २२ हजार ८१४ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले द्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्री गर्न लागेको हो ।
    खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय टाँडी, चितवनमा निवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ ।
    बैंकले तोकिएको उक्त अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिने समेत बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्