आर्थीकसंसार संवाददाता२४ असोज, २०७९
२४ असोज, २०७९काठमाडौं । कुल गार्हस्थ्य उत्पादनको अनुपातमा बीमा प्रिमियम संकलन बढेर ३.७ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा बीमा प्रिमियम संकलन १६.३ प्रतिशतले बृद्धि भई एक खर्ब ७७ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७७/७८ मा यस्तो संकलन एक खर्ब ५२ अर्ब ६५ करोड रुपैयाँ रहेको थियो ।
२०७९ असारमसान्तसम्ममा बीमाको दायरामा आएको जनसंख्या म्यादी र लघु म्यादि जीवन बीमालेख सहित ३९.०६ प्रतिशत पुगेको छ । २०७८ असारमसान्तमा यस्तो जनसंख्या २५.२३ प्रतिशत रहेको थियो । वैदेशिक रोजगार बीमालेख सहित बीमाको दायरामा आएको जनसंख्या २०७९ असार मसान्तसम्ममा ४२.०३ प्रतिशत रहेको थियो । २०७८ असार मसान्तमा यस्तो जनसंख्या २७.५३ प्रतिशत रहेको थियो ।