News Portal

  • ६ वर्षमा ६९ गुणाले बढ्यो कृषि तथा पशुपंक्षी बीमाको जोखिम बहन

    आर्थीकसंसार संवाददाता २३ असोज, २०७९
    १५४ पटक
    २३ असोज, २०७९

    काठमाण्डौं । नेपाल सरकारले कृषि तथा पशुपंक्षी बीमालाई उच्च प्राथमिकतामा राखेर अनुदान उपलब्ध गराउन थालेकोमा ठूला व्यवसायीक घरानाले समेत कृषि बीमाबाट लाभ लिन थालेपछि यसको आकार बिस्तार गरेको छ ।
    बीमा समितिका अनुसार आर्थिक वर्ष २०७०।७१ बाट २०७७।७८ सम्म आइपुग्दा बीमांक रकम ६९ गुणाले वृद्धि भएको छ । २०७०।७१ मा ६२ करोड ५४ लाख रुपैयाँ बीमांक बराबरको जोखिम बहन भएकोमा आव २०७७।७८ मा आइपुग्दा ४३ अर्ब ३० करोड रुपैयाँ भन्दा बढी बीमांकको जोखिम निर्जीवन बीमा कम्पनीले बहन गरेका छन् ।
    कृषि तथा पशुपंक्षी बीमाको बिस्तार हुँदै गएपनि निर्जीवन बीमा कम्पनीहरुले जोखिम बहन गर्न अनिच्छा देखाउने तथा समयमै दाबी भुक्तानी नगर्ने समस्या व्याप्त रहेको गुनासो सामान्य किसानको छ ।
    अर्कोतर्फ निर्जीवन बीमा कम्पनीहरुले बीमामा अनुदानवापतको रकम सरकारले ढिलो गरी भुक्तानी दिइरहेकाले दाबी भुक्तानीमा समस्या देखिएको प्रतिकृया दिंदै आएका छन् ।
    आव २०७०।०७१ मा कृषि बीमातर्फ रू १ करोड ५२ लाख २२ हजार ७ सय त्रिचालिस रहेको र पशुपंछी बीमातर्फ करोड ६१ करोड १ लाख ८१ हजार ८ सय ७० गरी कूल रू ६२ करोड ५४ लाख ४ हजार ६ सय १३ बराबरको बीमाङ्क बराबरको बीमा भएको थियो ।
    आव २०७०।०७१ मा कृषि बीमातर्फ रू ८ लाख ५५ हजार ३ सय १५ र पशुपंक्षी बीमातर्फ रू ३ करोड ३१ लाख ९३ हजार ७ सय ७ गरी जम्मा रू ३ करोड ४ लाख ४९ हजार २३ बीमाशुल्क संकलन भएको थियो ।
    नेपाल सरकारबाट आव २०७०।०७१ मा प्रदान गरिएको ५० प्रतिशत अनदान रकम बापत कृषि बीमातर्फ रू ४ लाख २७ हजार ६ सय ५७ र पशुपंक्षी बीमातर्फ रू १ करोड ६५ लाख ९६ हजार ८ सय ५३ गरी कूल रू १ करोड ७० लाख २४ हजार ५ सय ११ अनुदान दिएको छ ।
    समितिका अनुसार आव २०७७।०७८ मा कृषि बीमातर्फ रू २ अर्ब ९१ करोड १८ लाख ४७ हजार २ सय २६ र पशुपंक्षी बीमातर्फ रू ४० अर्ब ३९ करोड ११ लाख ५१ हजार ४ सय २३ गरी जम्मा रू ४३ अर्ब ३० करोड ३९ लाख ३९ हजार १ सय ४९ बराबर बीमाङ्क रकम बराबरको बीमा भएको थियो ।
    त्यसैगरी आव २०७७।०७८ मा कृषि बीमातर्फ रू १५ करोड ३८ लाख ५२ हजार ६५ बराबर बीमाशुल्क कायम भएको थियो । पशुपंक्षी बीमातर्फ रू १ अर्ब ७८ करोड ६० लाख १२ हजार ८ सय २० गरी जम्मा कूल रू १ अर्ब ९३ करोड ९८ लाख ६४ हजार ८ सय ८६ बराबर बीमाशुल्क रकम संकलन भएको थियो ।
    बीमा समितिका अनुसार सरकारले ७५ प्रतिशत अनुदान वापत कृषि बीमातर्फ रू ११ करोड ५३ लाख ८९ हजार ४९ र पशुपंछी बीमातर्फ रू १ अर्ब ३३ करोड ९५ लाख ९ हजार ६ सय १५ गरी जम्मा रू १ अर्ब ४५ करोड ४८ लाख ९८ हजार ६ सय ६४ बराबरको अनुदान प्रदान गरेको छ ।

    प्रतिकृया दिनुहोस्