News Portal

  • १९४ मै पाइन्छ वाणिज्य बैंकको सेयर, यी हुन् सस्तैमा पाइने बैंक

    आर्थीकसंसार संवाददाता२१ असोज, २०७९
    ३४९ पटक
    २१ असोज, २०७९

    काठमाडौं । पछिल्लो समय पूँजी बजार निरन्तर ओरालो लाग्दै आइरहेको छ । नयाँ उचाईमा पुगेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ओरालो लागेको हो । नेप्सेमा २५ वटा वाणिज्य बैंक सूचीकृत रहेका छन् ।
    जसमा विभिन्न १० वटा वाणिज्य बैंकहरु मर्जरमा गएका छन् । मर्जरमा जानका लागि प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका कारण नेपाल इन्भेष्टमेन्ट बैंक, बैंक अफ काठमाण्डू, कुमारी बैंक, एनसीसी बैंक, ग्लोबल आइएमई बैंक, सिभिल बैंक, मेगा बैंक र सेञ्चुरी कमर्सियल बैंकको सेयर कारोबार रोक्का रहेको छ । हाल १७ वटा वाणिज्य बैंकको मात्रै सेयर कारोबार भइरहेको छ ।
    पछिल्लो तथ्याङ्क अनुसार सबैभन्दा धेरै महँगो सेयर मूल्य भएको बैंक नबिल बैंक रहेको छ । नबिल बैंकको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता ७८० रुपैयाँ रहेको छ । बैंकको सेयर मूल्य ५२ हप्तामा अधिकतम प्रतिकित्ता १ हजार ७४० रुपैयाँ र न्यूनतम ७२६ रुपैयाँ रहेको थियो ।
    यस्तै, नबिल बैंकलाई एनआईसी एशिया बैंकले पच्छ्याइरहेको छ । एनआईसी एशिया बैंकको सेयर मूल्य प्रतिकित्ता ६१८.३० रुपैयाँ रहेको छ । बैंकको ५२ हप्तामा अधिकतम सेयर मूल्य ९३५.३० रुपैयाँ रहेको थियो भने न्यूनतम मूल्य प्रतिकित्ता ६०० रुपैयाँ रहेको थियो ।
    यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता ४०१.२० रुपैयाँ रहेको छ । बैंकको सेयर मूल्य ५२ हप्तामा अधिकतम मूल्य प्रतिकित्ता ५६१ रुपैयाँ र न्यूनतम मूल्य प्रतिकित्ता ३७५ रुपैयाँ रहेको थियो ।
    यस्तै,एभरेष्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ४७९.९० रुपैयाँ रहेको छ । बैंकको ५२ हप्तामा अधिकतम सेयर मूल्य ७४५ रुपैयाँ रहेको थियो भने न्यूनतम मूल्य प्रतिकित्ता ४११ रुपैयाँ रहेको थियो ।
    यस्तै, हिमालयन बैंकको सेयर मूल्य पूँजी बजारमा प्रतिकित्ता ३२० रुपैयाँ रहेको छ । बैंकको सेयर मूल्य ५२ हप्तामा अधिकतम मूल्य ४८४ रुपैयाँ रहेको थियो भने न्यूनतम मूल्य प्रतिकित्ता २९० रुपैयाँ रहेको थियो ।
    यस्तै, कृषि विकास बैंकको सेयर मूल्य प्रतिकित्ता ३१६ रुपैयाँ रहेको छ । बैंकको ५२ हप्तामा अधिकतम सेयर मूल्य ५६० रुपैयाँ रहेको थियो भने न्यूनतम मूल्य प्रतिकित्ता २९८ रुपैयाँ रहेको थियो ।
    सबैन्दा सस्तो सेयर मूल्य भएको बैंकमा लक्ष्मी बैंक रहेको छ । लक्ष्मी बैंकको सेयर मूल्य प्रतिकित्ता १९४.७० रुपैयाँ रहेको छ । बैंकको ५२ हप्तामा अधिकतम सेयर मूल्य ३५८ रुपैयाँ रहेको थियो भने न्यूनतम मूल्य प्रतिकित्ता १८५ रुपैयाँ रहेको थियो ।
    यस्तै, नेपाल एसबिआई बैंकको सेयर मूल्य प्रतिकित्ता २६३.५० रुपैयाँ रहेको छ । बैंकको ५२ हप्तामा अधिकतम सेयर मूल्य ४२२ रुपैयाँ रहेको थियो भने न्यूनतम मूल्य प्रतिकित्ता २५१ रुपैयाँ रहेको थियो ।
    यस्तै, माछापुच्छ्रे बैंकको सेयर मूल्य प्रतिकित्ता २२४.१० रुपैयाँ रहेको छ । बैंकको ५२ हप्तामा अधिकतम सेयर मूल्य ४०२ रुपैयाँ रहेको थियो भने न्यूनतम मूल्य प्रतिकित्ता २१० रुपैयाँ रहेको थियो ।
    यस्तै, सिद्धार्थ बैंकको सेयर मूल्य प्रतिकित्ता २९९ रुपैयाँ रहेको छ । बैंकको ५२ हप्तामा अधिकतम सेयर मूल्य ५३५.३० रुपैयाँ रहेको थियो भने न्यूनतम मूल्य प्रतिकित्ता २८६ रुपैयाँ रहेको थियो ।
    यस्तै, सानिमा बैंकको सेयर मूल्य प्रतिकित्ता २५३ रुपैयाँ रहेको छ । बैंकको ५२ हप्तामा अधिकतम सेयर मूल्य ५२२ रुपैयाँ रहेको थियो भने न्यूनतम मूल्य प्रतिकित्ता २३३ रुपैयाँ रहेको थियो ।
    यस्तै, एनएमबि बैंकको सेयर मूल्य प्रतिकित्ता २३२ रुपैयाँ रहेको छ । बैंकको ५२ हप्तामा अधिकतम सेयर मूल्य ४२७ रुपैयाँ रहेको थियो भने न्यूनतम मूल्य प्रतिकित्ता २२६ रुपैयाँ रहेको थियो ।
    यस्तै, प्रभु बैंकको सेयर मूल्य प्रतिकित्ता २०१ रुपैयाँ रहेको छ । बैंकको ५२ हप्तामा अधिकतम सेयर मूल्य ४१०.८० रुपैयाँ रहेको थियो भने न्यूनतम मूल्य प्रतिकित्ता १९३ रुपैयाँ रहेको थियो ।
    यस्तै, सिटिजन्स बैंकको सेयर मूल्य प्रतिकित्ता १९५.४० रुपैयाँ रहेको छ । बैंकको ५२ हप्तामा अधिकतम सेयर मूल्य ४०४.८० रुपैयाँ रहेको थियो भने न्यूनतम मूल्य प्रतिकित्ता १८० रुपैयाँ रहेको थियो ।
    यस्तै, प्राइम कमर्सियल बैंकको सेयर मूल्य प्रतिकित्ता २२३ रुपैयाँ रहेको छ । बैंकको ५२ हप्तामा अधिकतम सेयर मूल्य ४९८ रुपैयाँ रहेको थियो भने न्यूनतम मूल्य प्रतिकित्ता २०९ रुपैयाँ रहेको थियो ।
    यस्तै, सनराइज बैंकको सेयर मूल्य प्रतिकित्ता १९५.७० रुपैयाँ रहेको छ । बैंकको ५२ हप्तामा अधिकतम सेयर मूल्य ३३० रुपैयाँ रहेको थियो भने न्यूनतम मूल्य प्रतिकित्ता १८९.४० रुपैयाँ रहेको थियो ।
    यस्तै, नेपाल बैंकको सेयर मूल्य प्रतिकित्ता २७५ रुपैयाँ रहेको छ । बैंकको ५२ हप्तामा अधिकतम सेयर मूल्य ५०६ रुपैयाँ रहेको थियो भने न्यूनतम मूल्य प्रतिकित्ता २६३ रुपैयाँ रहेको थियो ।

    प्रतिकृया दिनुहोस्