कठमाडौं । युनाईटेड इदी–मार्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडले हिजो (असोज ७ गते)बाट आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि प्राथमिक शेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको लागि एक सय रुपैयाँ अंकित दरमा ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले जारी पुँजीको २५ प्रतिशत आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । यसअनुसार कम्पनीले १० करोड ५० लाख रुपैयाँ बराबरको १० लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । सोमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि ४ लाख २० हजार कित्ता जारी गरेको हो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ६ लाख ३० हजार कित्ता शेयर निष्काशन गर्नेछ ।
कम्पनीले निष्काशन गर्न लागेको आइपीओमा स्थानीयले छिटोमा असोज ७ गतेदेखि २१ गतेसम्म आवेदन दिन सक्नेछन्् भने सो अवधिमा सबै शेयर बिक्री नभए ढिलोमा कात्तिक ५ गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आइपीओमा स्थानीय बासिन्दाले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।
यसअघि कम्पनीले चैत १० गतेदेखि आइपीओ निष्काशनको तयारी गरेको थियो । तर, कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण सो निष्काशन स्थगित गरिएको थियो। बोर्डबाट स्वीकृती प्राप्त भएको दुई महिनाभित्र सार्वजनिक निष्काशन गर्न नसकिएकोले कोभिड १९ को असर समेत समावेश गरी कम्पनीले संशोधित वित्तीय विवरण सहितको विवरणपत्र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत गरी प्रकाशित गरेको बताएको छ ।
सार्वजनिक निष्काशन गर्नका लागि गराइएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्राप्त गरेको छ । यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।
प्रकाशित विवरण पत्र अनुसार गत आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७६/७७ मा कम्पनीको प्रतिशेयर नेटवर्थ ८५.८२ रुपैयाँ रहेको छ । चालु आव अर्थात आव २०७७/७८ मा कम्पनीले प्रतिशेयर नेटवर्थ ९८.६९ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । त्यसैगरी, गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १२.९७ रुपैयाँ ऋणात्मक रहेको छ भने चालु आवमा ८.३३ रुपैयाँ धनात्मक हुने प्रक्षेपण गरेको छ ।
२०७६ असोज २० गतेदेखि माथिल्लो मार्दी खोला जलविद्युत आयोजनाबाट व्यापारिक उत्पादन शुरु गरेको यस कम्पनीले गत आवको अन्त्यसम्ममा विद्युत बिक्रीबाट १० करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको थियो।
कम्पनीको प्रति मेगावाट लागत २० करोड ३९ लाख ७६ हजार १४२ रुपैयाँ रहेको छ । कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ८.०९ वर्ष रहेको छ भने डिस्काउन्टेड लगानी फिर्ता हुने अवधि १४.९६ वर्ष रहेको छ ।
युनाईटेड इदी–मार्दी एण्ड आरबी हाइड्रोपावर आईपीओ बिक्री खुला
आर्थीकसंसार संवाददाता८ असोज, २०७७
८ असोज, २०७७- राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैंया आर्थिक सहयोग प्रदान
- सानिमा रिलायन्सले कर्मचारीको ज्ञान र क्षमता विकास गर्न गर्यो प्रशिक्षण कार्यक्रम
- लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स
- सन नेपाल लाइफ इन्स्योरेन्सको लगनखेल शाखा स्थानान्तरण
- ज्योति विकास बैंकका ग्राहकलाई चितवनको जंगल भिल्ला रिसोर्टमा छुट
- बाढी-पहिरो पीडितलाई सहयोग गर्न एमाले सांसदहरूले आधा महिनाको पारिश्रमिक दिने
- मजदुरबाट आफ्नै सफारीको मालिक बने १० परिवार
- नख्खु बाढीमा पसी बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मी लाइफको सम्मान
- आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरमा आकर्षण छुट
- सिटिजन लाइफका कर्मचारीलाई व्यक्तित्व विकास तालिम