News Portal

  • माछापुच्छ्रे बैंकको दशैं अफर : भाटभटेनीमा क्युआरबाट कारोबार गर्दा क्यासब्याक पाइने

    आर्थीकसंसार संवाददाता१३ असोज, २०७९
    २३८ पटक
    १३ असोज, २०७९

    काठमाडौं । माछापुच्छ्रे बैंकले भाटभटेनी सुपरमार्केटमा क्युआरबाट कारोबार गर्दा क्यासब्याक अफर ल्याएको छ । बैंकले एनसीएचएलसंगको सहकार्यमा नेपालीहरुको महान चाड विजया दशमीलाई लक्षित गरि उक्त अफर ल्याएको छ ।
    चाडबाडको समयमा हुने किनमेलमा ग्राकहलाई विशेष सुविधा दिने उद्देश्यले क्यासब्याक अफर संचालनमा ल्याएको हो ।
    यो अफर यहि असोज ८ गतेदेखि असोज १४ गतेसम्मका लागि लागु रहने छ । जस अन्तर्गत बैंकका ग्राहकले नेपाल पे क्युआरबाट भाटभटेनी सुपरमार्केटमा कारोबार गर्दा एक पटकमा १० प्रतिशत वा अधिकतम एक सय रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् ।
    साथै, बैंकसँगसँगै भाटभटेनी सुपरमार्केटले पनि चाडबाडलाई लक्षित गरि कपडा एवं जुत्ताको खरीदमा थप १० प्रतिशतसम्मको छुट संचालनमा ल्याएको छ ।
    बैंकले हालै मात्र नेपाली बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य नविनतम डिजिटल सेवाहरु मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता खोल्ने ( मुद्धती खाता खोल्न ) लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

     

    प्रतिकृया दिनुहोस्