News Portal

  • नवौं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीको १० लाखको बीमा हुने

    आर्थीकसंसार संवाददाता१२ असोज, २०७९
    ३४८ पटक
    १२ असोज, २०७९

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी लगायत ९ हजार जनाको बीमा गरिदिने भएको छ । त्यसका लागि राखेप र राष्ट्रिय बीमा कम्पनीबीच सम्झौता भएको हो ।
    सम्झौतापत्रमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले हस्ताक्षर गरेका हुन्। बीमाको अवधि १ महिना रहने जनाएको छ । प्रत्येकको १० लाख रुपैयाँ बराबरको बीमा गरिएको हो।
    बीमित खेलाडीको संख्या ६ हजार रहेको छ भने बाँकी ३ हजारमा निर्णायक, प्रशिक्षक, व्यवस्थापक, कर्मचारी, रहेका छन् । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुनेछ।

    प्रतिकृया दिनुहोस्