News Portal

  • एनएलजीका सुनिल बल्लभको कार्यकाल दोहोर्याउन बीमा समितिले दियो स्वीकृति

    आर्थीकसंसार संवाददाता१२ असोज, २०७९
    ३५६ पटक
    १२ असोज, २०७९

    काठमाडौं । बीमा समितिले एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तको कार्यकाल थप्नको लागि स्वीकृति प्रदान गरेको छ । पन्तलाई थप एक कार्यकालका लागि अनुमति दिइएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।
    पन्तको दोस्रो कार्यकाल यहि असोज १९ गतेदेखि सकिदैछ । कम्पनीले पन्तलाई २०७५ असोज १९ गतेदेखि चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । कम्पनीले पहिलो कार्यकाल सकिए सँगै दोस्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय बीमा समितिमा पेश गरेको थियो ।
    गत साता बसेको सञ्चालक समितिले पन्तलाई दोहोर्याउने निर्णय गरेको थियो । बीमा समितिले कम्पनीको उक्त प्रस्तावलाई आज स्वीकृति प्रदान गरेको हो । बीमा समितिले स्वीकृति प्रदान गरे सँगै कम्पनीको सञ्चालक समितिले विधिवत रुपमा नियुक्त गर्न सक्नेछ । पन्त बीमा क्षेत्रको अब्बल सिइओ भित्र पर्छन् । उनि नेपाल पुनर्बीमा कम्पनीको पनि सञ्चालक हुन् । पन्त नेपाल बीमक संघको कार्यसमिति सदश्य हुन् ।

    प्रतिकृया दिनुहोस्