News Portal

  • एनएलजी इन्स्योरेन्सको सीईओमा पुन: पन्त

    आर्थीकसंसार संवाददाता११ असोज, २०७९
    ३६३ पटक
    ११ असोज, २०७९

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिल बल्लभ पन्त दोहोरिने भएका छन् । बीमा समितिले मंगलबार पन्तलाई दोस्रो कार्यकालका लागि स्वीकृति दिएको हो ।
    कम्पनीको संचालक समितिको बैठकले पन्तलाई पुन: सीईओ पदमा दोहोर्याउने निर्णय गरी  स्वीकृतकाे लागि बीमा समितिमा पठाएकाे थियाे । उनको दोस्रो कार्यकाल आगामी असोज १९ गतेबाट लागू हुनेछ ।
    ३३ वर्षदेखि बीमा क्षेत्रमा कार्यरत पन्त २०७५ असाेज १८ गतेदेखि एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारीमा छन् ।   त्यसअघि सोही कम्पनीमा करिव डेढ वर्ष कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।
    बीमा क्षेत्रमा विशेष याेगदान गरेबापत गत वर्ष संविधान दिवसका अवसरमा सरकारले पन्तलाई सुकीर्तिमय राष्ट्रदिप पदकबाट सम्मानित गर्ने गरेकाे थियाे ।

     

    प्रतिकृया दिनुहोस्