News Portal

  • राष्ट्रिय वाणिज्य बैंकको पोइन्ट अफ सेल र क्यूआर कारोबारमा क्यास ब्याक अफर

    आर्थीकसंसार संवाददाता९ असोज, २०७९
    २९३ पटक
    ९ असोज, २०७९

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले आउँदो दशै, तिहार, नेपाल सम्वत् एवं छठलगायतका पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पोइन्ट अफ सेल (पीओएस)को माध्यमवाट प्रति कारोबार रु. १,०००।– वा सो भन्दा बढीको Card Swipe  गर्दा क्यास ब्याक हुने अफर ल्याएको छ । यो योजना आगामी २०७९ असोज १० गते देखि २०७९ कार्तिक १३ गतेसम्म लागू हुनेछ । देशभर विभिन्न व्यवसायहरुमा रहेको पीओएसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा.बैंककै पीओएस मेसिन प्रयोग गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुनेछ । यसअन्तर्गत ३ देखि ५ पटकको Card Swipe  मा ५% अधिकतम क्यास ब्याक वा रु.५००।–, ६ देखी १० पटकको Card Swipe  मा १०% अधिकतम क्यास ब्याक वा रु.७५०।–, ११ देखी १५ पटकको Card Swipe मा १५% अधिकतम क्यास ब्याक वा रु.१,०००।– मध्ये जुन कम हुन्छ सो वराबरको रकम क्यास ब्याक हुने छ ।


    यसैगरी, आगामी २०७९ असोज ७ देखि १४ गतेसम्म र २०७९ कार्तिक २ देखि ६ गतेसम्म राष्ट्रिय वाणिज्य बैंकको मोवाईल बैंकिङ्ग प्रयोग गरी क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा कुल कारोबार रकमको १०% वा रु.१००।– जुन कम हुन्छ सोही रकम क्यास ब्याक हुने छ ।


    बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २६२ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।

    प्रतिकृया दिनुहोस्