News Portal

  • नाडामा नबिल बैंकको आकर्षक योजना, तुरुन्तै कर्जा स्वीकृत प्रमाणपत्र समेत पाइने

    आर्थीकसंसार संवाददाता५ असोज, २०७९
    ३५२ पटक
    ५ असोज, २०७९

    काठमाडौं । नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना ल्याएको छ । बैंकले यही असोज ६ गते देखि असोज ९ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुन गइरहेको नाडा ईभी एक्सपोमा सहभागी हुुँदै आफ्ना ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड तथा ऋण प्रसाशनिक शुुल्कमा विशेष छुट उपलब्ध गराउन लागेको हो ।
    वातावरण तथा दिगो विकासका लागि विद्युतीय सवारीसाधनको आवश्यकता रहेकोले यस्तो आकर्षक अफर ल्याएको बैंकले जानकारी गराएको छ ।
    यस नाडा ईभी एक्सपो अन्तर्गत बैंकको स्टल नं. जी–१२ मा ग्राहकलाई तत्काल ऋण मुुल्यांकन गरी कर्जा स्वीकृती पत्र शर्तहरु लागु हुने गरी प्रदान गर्ने सुविधा ल्याएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्