News Portal

  • निक्षेप तथा कर्जा सुरक्षणको ४९ औं वार्षिकोत्सवमा राष्ट्रिय वाणिज्य बैंक र डिप्रोक्स लघुवित्त सम्मानित

    आर्थीकसंसार संवाददाता५ असोज, २०७९
    ३५६ पटक
    ५ असोज, २०७९

    काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले राष्ट्रिय वाणिज्य बैंक र डिप्रोक्स लघुवित्त वित्तीय संस्थानलाई सम्मान गरेको छ । कोषले ४९ औं वार्षिक साधारणसभाको अवसरमा सबैभन्दा बढी निक्षेप सुरक्षण गर्ने बैंक तथा वित्तीय संस्थालाई सम्मान गरेको हो ।
    गत आर्थिक वर्ष २०७८ ७९ मा सबैभन्दा बढी निक्षेप सुरक्षण राष्ट्रिय वाणिज्य बैंक र डिप्रोक्स लघुवित्तले गरेको कोषले जनाएको छ । जसकारण यी दुई संस्थालाई सम्मान गरेको हो । बैंकले समिक्षा अवधिमा ७३ अर्ब निक्षेप संकलन सुरक्षण गरी १२ करोड प्रिमियम बुझाएको थियो । साथै डिप्रोक्सले भने १८ अर्व सुरक्षण गरी ३ करोड ६४ लाख प्रिमियम बुझाएको कोषले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्