आर्थीकसंसार संवाददाता४ असोज, २०७९
४ असोज, २०७९काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी धरान शाखाद्धारा मृत्यु दाबी भुक्तानी गरेको छ । बीमित तिल बहादुर कार्कीको मृत्यु पश्चात उनकी श्रीमतिलाई कम्पनीले दाबी बापतको रकम भुक्तान गरेको हो ।
कम्पनीमा आवश्यक कागजात जुटाई मृतककी श्रीमतिले दिएका निवेदन अनुरुप १ लाख ५० हजार रुपैयाँको चेक श्रीमति देवी कार्कीलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।