News Portal

  • स्मार्टच्वाईस टेक्नोलोजिज र गेटवे पेमेन्ट सर्भिसबीच सम्झौता

    आर्थीकसंसार संवाददाता२ असोज, २०७९
    ४४० पटक
    २ असोज, २०७९

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) ले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त गेटवे पेमेन्ट सर्भिस (Gateway Payment Service) ले सञ्चालन थालनीको तैयारी गरेको यु।पी।आइ। नेपाल क्यूआर (UPI Nepal QR) बिच अन्तरआवद्धताको लागि सम्झौता सम्पन्न भएको छ ।
    बिगत २० वर्षदेखि नेपाली मन र मुटुमा राज गर्दै SCT UPI कार्ड, स्मार्ट क्यूआरलगायतको भुक्क्तानी सुविधा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र नेसनल पेमेन्ट्स कर्र्पोरेसन अफ इंडियामा आबद्ध भुक्क्तानी सम्यन्त्र मार्फत नेपाल र इंडियाबीच पनि कारोबार गर्न सकिने सुरु गर्ने अन्तिम तयारीमा रहेको गेटवे पेमेन्ट सर्भिसबीच भएको एस ऐतिहासिक सम्झौताले मुलुकको समग्र डिजिटल भुक्क्तानी प्रणालीको बिकास तथा प्रवन्धनमा टेवा पुग्ने आश लिएको छ ।
    नेपाल राष्ट्र बैंकद्घारा मिति २०७८।१०।२१ मा जारी गरेको परिपत्र #04/078/79 मार्फत सबै अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक (PSO) तथा भुक्तानी सेवा प्रदायक (PSP) लाइ अन्तरआवद्धताको लागि दिएको निर्देशन अनुरुप यो सम्झौता सम्पन्न भएको हो ।
    यस सम्झौतापश्यात युपीआइ नेपाल क्यूआरको सुबिधा लिने बिभिन्न ब्यापार—ब्यवशायलाई स्मार्ट क्यूआर को नेटवर्क अन्तरगत रहेको भुक्तानी सेवा प्रदायक (PSP)  वालेट तथा मोबाइल बैंकिङ्ग एप मार्फत ग्राहकहरुले सहज र सुरक्षित रुपमा भुक्क्तानी गर्न सक्छन भने स्मार्ट क्यूआर मार्फत भुक्तानी लिदै आएका ब्यापार—ब्यवशायले यु।पी।आइ। नेपाल क्यूआर नेटवर्कमा आबद्ध ग्राहकहरु मार्फत पनी भुक्तानी लीन मिल्ने भएको छ ।
    मिति २०७९ भाद्र २ गते स्मार्टच्वाईस टेक्नोलोजिजको प्राँगणमा आयोजित कार्यक्रममा स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नारायण प्रकाश भुजु तथा गेटवे पेमेन्ट सर्भिसको तर्फबाट महाप्रबन्धक प्रवीण रेग्मीबीच सम्झौतामा हस्ताक्षर तथा आदान प्रदान सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस्