News Portal

  • एभरेष्ट बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच कर्मचारीलाई तालिम दिने सम्झौता

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०७९
    २९७ पटक
    ३१ भदौ, २०७९

    काठमाडौं । एभरेष्ट बैंक(ई.बि.एल्) र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट (एनबीआई) बीच तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यो सम्झौता अनुसार एनबीआईले एभरेष्ट बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।
    बैंकले देशैभरी छरिएर रहेको आफ्नो ११९ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५५ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट मोबाइल, इन्टरनेट र एसएमएस बैकिंङ सुविधा प्रदान गर्दै आइरहेको छ ।
    यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्