News Portal

  • छोरीको जन्मदिनमा बस्याल दम्पतीले दिए २० लाख रुपैयाँको बीमा पोलिसी उपहार

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०७९
    ४२७ पटक
    ३१ भदौ, २०७९

    काठमाडौं । तिलोत्तमा नगरपालिका वडा न ४ रुपन्देहीका शेषनारायण बस्याल र उनकी श्रीमती मनादेवी बस्यालले आफ्नो छोरीको जन्मदिनमा सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको बीमा पोलसी उपहार दिएका छन् ।
    बस्याल दम्पतीले छोरीको उज्वल भविष्यका लागि बीमा पोलिसी खरिद गरिएको बताएका छन् । उनीहरुले छोरीलाई २०लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएका हुन् । उक्त बीमा पोलिसी हस्तान्तरण भने सिटिजन लाइफको भैरहवा एरिया प्रमुख नरेश सिग्देलले गरेका थिए । उनले सोही क्रममा बीमाको महत्व र आवश्यकताको बारेमा जानकारी गराएका थिए ।

    प्रतिकृया दिनुहोस्