News Portal

  • नेशनल लाईफ इन्स्योरेन्सले अस्पताललाई गर्यो २० लाख सहयोग

    आर्थीकसंसार संवाददाता२६ भदौ, २०७९
    ३११ पटक
    २६ भदौ, २०७९

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले एक एक पाईला फाउण्डेसनलाई २० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत सुनकोशी गाउँपालिकामा अस्पताल बनाएको फाउण्डेसनलाई उक्त रकम सहयोग गरेको हो ।
    फाउण्डेसनले सुनकोशी गाउँपालिकामा एक एक पाइला ठोकर्पा आधारभूत अस्पताल निर्माण गरी संचालनमा ल्याइसकेको छ ।
    सुनकोशी गाउँपालिका वडा नं। १ का वडा अध्यक्ष कुमार शाहीको मूख्य आतिथ्य तथा फाउण्डेसनका अध्यक्ष डा। सुमन शम्सेर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा करिब १५० जनाको सहभागिता रहेको थियो ।
    उक्त परियोजनाबाट ठूलो संख्यामा सो क्षेत्र र आसपासका सर्वसाधारण हरु लाभान्वित हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । सो समारोहमा अस्पताल व्यवस्थापनले आर्थिक सहयोग प्रदान गरे वापत कम्पनीका उप-कार्यकारी प्रमुख प्रताप मान श्रेष्ठलाई विशेष सम्मान गरेको थियो ।

    प्रतिकृया दिनुहोस्