News Portal

  • हिमालयन एभरेष्टको सर्वाधिक कारोबार, सेयर मूल्य पनि बढ्यो

    आर्थीकसंसार संवाददाता२३ भदौ, २०७९
    ५७४ पटक
    २३ भदौ, २०७९

    काठमाडौं । बिहीबारको बजारमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको १३ करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अन्य कम्पनीको तुलनामा सबैभन्दा धेरै रकमको कारोबार हो ।
    कम्पनीको कारोबारसँगै सेयर मूल्य पनि बढेको छ । बिहीबार कम्पनीको सेयर मूल्य ७.८० रुपैयाँले बढेर प्रतिकित्ता ४११.५० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.९३ प्रतिशतले बढी हो ।
    समग्रमा बिहीबारको बजारमा १ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २२ करोड रुपैयाँले बढी हो । बुधबारको बजारमा ८२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
    त्यस्तै, सेयर मूल्य मापक नेप्से परिसूचक २.१३ अंकले घटेर १९३७.७४ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.११ प्रतिशतले घटी हो ।
    बजारमा सबैभन्दा बढी ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बढेको छ । संस्थाको सेयर मूल्य ४.४९ प्रतिशतले बढेर प्रतिकित्ता १२८० रुपैयाँ पुगेको छ ।
    सबैभन्दा बढी गुमाउने अर्थात टप लुजरको र्शीष स्थानमा सामुदायिक लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाको सेयर मूल्य ६.४९ प्रतिशतले घटेर प्रतिकित्ता १४११.२० रुपैयाँमा झरेको छ ।
    बिहीबार निर्जीवन बीमा, विकास बैंक, फाइनान्स, होटल एण्ड टुरिजम, हाइड्रोपावर र इन्भेष्टमेन्ट समूह उकालो लागेका छन् । बाँकी समूह भने राताम्मे देखिएका छन् ।

    प्रतिकृया दिनुहोस्