News Portal

  • सनराइज बैंकद्वारा पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड प्रदान

    आर्थीकसंसार संवाददाता२२ भदौ, २०७९
    ३४६ पटक
    २२ भदौ, २०७९

    काठमाडौं । सनराइज बैंकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा प्रयोग हुने गरी तीन थान पोर्टेबल शौचालय र एक थान डिजिटल स्क्रोलिङ बोर्ड प्रदान गरेको छ । बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपालले पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेलाई उक्त सामग्रीको हस्तान्तरण गरेका हुन् ।
    बैंकले पोर्टेबल शौचालय र एकथान डिजिटल स्क्रोलिङ बोर्ड पाथीभरा क्षेत्र विकास समितिलाई हस्तान्तरण गरेको हो । बैंकका अनुसार भक्तजनहरुको ठूलो आस्थाको केन्द्र पाथीभरामा वर्षभरीमा लाखौं भक्तजनहरु आउने गर्दछन् । मन्दिर पुग्नको लागि करिब ५ ६ घण्टाको उकालो हिड्नु पर्ने हुन्छ ।
    उक्त बाटोमा भक्तजनहरुलाई शौचालयको सुविधा पुऱ्याउने उद्देश्य साथ तीन थान शौचालय विभिन्न ठाउँमा राख्ने गरी हस्तान्तरण गरिएको बैंकका नायब महाप्रबन्धक रविनकमार नेपालले बताए ।
    साथै मन्दिर यात्राको क्रममा सामाजिक सुचना दिन सहज होस् भन्ने हतुले डिजिटल स्क्रोलिङ बोर्ड पनि हस्तान्तरणगरिएको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्