News Portal

  • सिटिजन लाइफद्धारा ३ लाख १० हजार मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता२२ भदौ, २०७९
    ५२९ पटक
    २२ भदौ, २०७९

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको जाजरकोट शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । सिटिन्जन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड जाजरकोट शाखाले ३ लाख १० हजार रुपैयाँको चेक मृतकको परिवारलाई हस्तान्तरण गरेको हो ।
    २०७७ असोज २०गते बीमा गरेका बीमित रुकुम जिल्ला आठबिसकोट नगरपालिका वडा न ८ निवासी दले बुढाको २०७८ चैत्र ७ गते कालगतिले मृत्यु भयको भएको थियो । निजको मृत्यु भएपछि उनको श्रीमती बिष्णु कुमारी बुढालाई कम्पनीले २ लाख ५० हजार रुपैयाँ १० हजार बोनस र ५० हजार काजकिरिया खर्च गरि जम्मा ३ लाख १० हजारको चेक एक कार्यक्रमका बिच दिएको कम्पनीले जनाएको छ ।
    कार्यक्रमका प्रमुख अतिथी उपेन्द्र ग्यावली एजेन्सी म्यानेजर लोक प्रसाद गौतम लगायत सिटिनन लाइफ इन्स्योरेन्स जाजरकोटका शाखा प्रमुख गोबिन्द बहादुर बुढाको हातबाट उक्त दावी भुक्तानी रकम हस्तान्तरण गरियको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्