News Portal

  • सत्यदीप ग्रुपले लन्च गर्यो विभिन्न उत्पादनको क्याटलग

    अब जेन्युइन पार्ट्स नम्बर पहिचान गर्न सहयोग पुग्ने

    आर्थीकसंसार संवाददाता१९ भदौ, २०७९
    ४२१ पटक
    १९ भदौ, २०७९

    काठमाडौं । नेपाली बजारमा विभिन्न सवारी साधन तथा अन्य उत्पादनमा लाग्ने जेन्युइन पार्ट्स उपलब्ध गराउदै आएको सत्यदीप ग्रुपले विभिन्न उत्पादनको क्याटलग लन्च गरेको छ ।
    भारतको प्रसिद्ध कम्पनी बोसको सहयोग र समर्थनमा गत शुक्रबार एक कार्यक्रमका बीच सो लन्चिङ कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोसका कन्ट्री हेड रितुन्च गुप्ताले सो क्याटलगबाट नेपाली ग्राहकलाई आफ्नो सवारी साधनमा प्रयोग हुने उपयुक्त जेन्युइन पार्ट्स नम्बर पहिचान गर्न सहयोग पुग्ने बताए ।
    गुप्ताले आगामी दिनमा सबै प्रदेश स्तरमा समेत यस प्रकारको कार्यक्रम आयोजना गर्ने बताए । यसबाट सबै रिटेलर तथा वर्कशप र फ्लिट अपरेटरहरुको कार्यमा सहयोग पुग्ने अपेक्षा उनले गरे ।
    सो कार्यक्रममा केही दुई पांग्रे सवारी साधनका ग्राहकको समेत उपस्थिति थियो । उक्त अवसरमा बोसका उत्पादनका साथै सत्यदीप ग्रुपको वारेमा समेत जानकारी आदानप्रदान गरिएको थियो ।
    क्याटलगमा बोस, हेला, टेनेको, भ्यालिओ, कम्पो, जेडएफ, टाल्ब्रोस  (Bosch, Hella,Tenneco ,Valeo, Compo, ZF, TALBROS) जस्ता लिडिङ ओरिजिनल इक्विपमेन्ट (ओई) निर्माता कम्पनी र अन्य विभिन्न एसेसरिज कम्पनीहरुका जेन्युइन पार्ट्स नम्बर उपलब्ध छन् ।
    नेपाली सवारी साधन बजारमा आफ्टर मार्केटका लागि आवश्यक जेन्युइन पार्ट्स उपलब्ध गराउदै आइरहेको सत्यदीप ग्रुपले नयाँ क्याटलगको माध्यमबाट नेपाली ग्राहकलाई भेइकल सर्भिसिङको क्षेत्रमा अझै बढी सहयोग गर्ने लक्ष्य लिएको बताएको छ ।

    प्रतिकृया दिनुहोस्