![](https://aarthiksansar.com/wp-content/themes/aarthiksansar/images/1px.gif)
काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को नयाँ कार्यसमितिले पदभार ग्रहण गरेका छन । गत श्रावण ३० मा भएको ४४ औ साधारण सभा र निर्वाचन बाट चुनिएका नयाँ कार्यसमितिलाई आज पुरानो कार्यसमितिले पदभार हस्तान्तरण गरेको हो।
कार्यक्रममा निबर्तमान अध्यक्ष खुम बहादुर सुबेदीले नवनिर्वाचित अध्यक्ष निल हरि बास्तोलालाई कार्यालयको तालाचाबी सुम्पिदै टानलाइ थप उचाइमा पुर्याउन शुभकामना दिएका छन।
आगामी दिनमा पनि टानका हरेक गतिबिधिमा आफू हरदम साथ दिने र सदैब टान र ट्रेकिङ ब्यवसायको उन्नतिका लागि तत्पर रहने समेत सुबेदिले बताए ।
त्यसै गरि कार्यक्रममा बोल्दै निबर्तमान कोषाध्यक्ष ऋतु ग्याम्दानले सबै नबनिर्वाचित पदाधिकारी सबैलाई शुभकामना प्रदान गर्दै नयाँ कार्यसमितिका कोषाध्यक्षको धेरै जिम्मेवारी रहेको र जिम्मेवारी पूरा गर्दै गर्दा कतिपय अवस्थामा आफू कडा भएर प्रस्तुत हुनुपर्ने हुनाले यी कुराहरुलाई ख्याल गरेर अगाडि बढ्न सुझाइन । साथै उनले कोषको चाबी संगै बैंक स्टेटमेन्टसमेत हस्तान्तरण गरिन ।
पदभार ग्रहण गर्दै नबनिर्वाचित अध्यक्ष निलहरी बास्तोलाले आफुहरुले जुन दिन बिजयी भएर अगाडि आयौ त्यही दिन टानको हक र हितको लागि मन भित्र बाटै सपथ खाएको जानकारी गराए । गफमा भन्दा पनि काममा बिश्वास गर्ने भएको हुनाले आफुले गरेको कामको पारदर्शिताको लागि प्रत्येक महिनाको अन्त्यमा अन्तर्कृयात्मक कार्यक्रम गरेर जानकारी गराउने आफ्नो योजना रहेको बास्तोलाले बताए ।
आफ्नो घोषणा पत्र अनुसार दुई बर्षमा गर्नुपर्ने कुनैपनी कुरामा कमि नगर्ने बरु आवश्यकता अनुसार थप्ने र बिपक्षी समुहका घोषणापत्रलाइ समेत समेटेर आफ्नो कर्तब्य निर्बाह गर्ने उनले बताए ।
त्यस्तै अध्यक्षमा बास्तोला संगै बरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदिप पण्डित, द्वितिय उपाध्यक्षमा धन बहादुर गुरुङ, महासचिवमा बिनोद सापकोटा, सचिवमा होमनाथ भट्टराई ,कोषाध्यक्षमा पुरूषोत्तम तिमल्सिना, सहकोषाध्यक्ष छिङ दोर्जि शेर्पा, नमिनाथ देवकोटा, लाक्पा दोर्जि शेर्पा ,सजना त्रिपाठि , रामप्रसाद बन्जारा,राजु अर्याल ,गणेश बहादुर अधिकारी ,कुमार लामा ,सुबास भण्डारी,कृष्ण बहादुर परियारले समेत सपथ ग्रहण गर्दै पदभार सम्हालेका छन ।