News Portal

  • श्रृजनशील लघुवित्तको आइपीओ १३ लाख ४ हजारले भरे

    आर्थीकसंसार संवाददाता१७ भदौ, २०७९
    ४८० पटक
    १७ भदौ, २०७९

    काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आइपीओमा १३ गुणा बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज शुक्रबार १ः३६ बजेसम्ममा १३ लाख ४ हजार २०५ जना आवेदनबाट १ अर्ब ४४ करोड ८० लाख ३७ हजार रुपैयाँ बराबरको १ करोड ४४ लाख ८० हजार ३७० कित्ता शेयरको लागि आवेदन परेको हो ।
    लघुवित्तले भदौ १५ गतेदेखि जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३६ प्रतिशत आइपीओ तथा प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यको ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्काशन गरेको हो ।
    लघुवित्तले निष्काशन गरेको कुल ३ लाख ९३ हजार ७५० कित्ता शेयरमध्ये जारी पूँजीको ०।५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ३ लाख ६८ हजार ५९० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
    आइपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।
    उक्त आइपीओमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा भदौ २९ गतेसम्म थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
    आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन यसका साथै सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्