काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स क. लि दाङ्ग शाखाले घातक रोग बापत दावी भुक्तानी गरेको छ । कम्पनीले मुटुको भल्भ सर्जरी सुविधा वापतको दावी रकम घोराही उप महानगरपालिका वडा न ७ निवासी राम भगत चौधरीलाई चेक मार्फत २० लाख रुपैयाँ भुक्तानी गरेको हो ।
एक कार्यक्रमकाबीच बीमितलाई कम्पनीका क्षेत्रिय प्रमुख केशवराज गिरी, प्रमुख अतिथि घोराही ७ का वडा अध्यक्ष खोपीराम चौधरी, अभिकर्ता, कर्मचारी, स्थानिय संचारकर्मी तथा उनका परिवार आफन्तको उपस्थितिमा चेक हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि खोपीराम चौधरीले बीमा कम्पनी सामाजिक सेवा प्रदायक सस्ंथा भएकोले वचत मात्र नभई भविष्यमा आईपर्ने जोखिम हस्तान्तरण गर्ने भरपर्दो माध्यम भएको र सोहि अनुसार यस कम्पनीले प्रभावकारी रुपमा दावी भुक्तानी गर्देै आएको जानकारी गराए ।
कार्यक्रमको अध्यक्षता दाङ्ग शाखाका क्षेत्रिय प्रमुख केशवराज गिरीले गरेका थिए भने कार्यक्रम संचालन दाङ्ग शाखाका अप्रेसन ईन्चार्ज बिनोद गिरीले गरेका थिए ।
एशियन लाइफद्धारा घातक रोग बापत २० लाख रुपैयाँ दावी भुक्तानी
आर्थीकसंसार संवाददाता१७ भदौ, २०७९
१७ भदौ, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने