News Portal

  • कुमारी बैंकले पायो ‘एक्सिलेन्स इन इकर्मश बिजनेश २०२२’ अवार्ड

    आर्थीकसंसार संवाददाता१७ भदौ, २०७९
    ३७५ पटक
    १७ भदौ, २०७९

    काठमाडौं । कुमारी बैंकले ‘एक्सिलेन्स इन इकर्मश बिजनेश २०२२’ अवार्ड पाएको छ । भिसाले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ– पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ कार्यक्रममा बैंक उक्त अवार्डबाट सम्मानित भएको हो ।
    बैंकले आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।
    हाल कुमारी बैंकले आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्