News Portal

  • बार्षिकोत्सवको अवसरमा रिलायबल लाइफको बागमति प्रदेशद्धारा विपन्नलाई सहयोग

    आर्थीकसंसार संवाददाता१६ भदौ, २०७९
    ३०० पटक
    १६ भदौ, २०७९

    काठमाडौं । रिलायबल नेपाल लाइफले आफ्नो स्थापनाको पाँचौ वर्ष पुरा गरी छौटौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो पाँचौ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । सोही वार्षिकोत्सवको अवसरमा बागमति प्रदेश बनेपा रिजनले खाद्ययन्न सहयोग गरेको छ । उक्त सहयोग बागमति प्रदेशका क्षेत्रिय प्रबन्धक राजकुमार गिरीको उपस्थितीमा गरेको जनाएको छ ।
    उक्त सहयोग बागमति प्रदेश अन्तर्गत काभ्रे जिल्लाका विपन्न तथा गरिब घर परिवारलाई सहयोग गरेको हो । विपन्न घर परिवारलाई कम्पनीले कम्पनीबाट उक्त सहयोग पाउँदा खुशी व्यक्त गरे । सहयोग कार्यक्रममा स्थानी जनप्रतिनीधिहरुको उपस्थिती रहेको थियो ।
    रिलायबल नेपाल लाइफले सामाजिक उत्तर दायित्वका कार्यक्रमहरु गर्दै आएको छ । आगामी दिनमा कम्पनीले यस्तो सामाजिक कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता व्यक्त गरेको छ ।
    आजको दिनसम्ममा रिलायबल नेपालले १२ वटा जीवन बीमा योजना मार्फत बीमितलाई सेवा प्रवाह गर्दै आइरहेको छ । कम्पनीले नेपालभर ८२ वटा शाखा कार्यालय र २० हजार ९६६ जना अभिकर्ता मार्फत जीवन बीमा व्यवसाय गर्दै आएको छ । कम्पनीले लघु तथा अन्य पोलिसी सहित ४२ लाख २२ हजार ७६६ वटा पोलिसी जारी गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस्