News Portal

  • सिटिजन्स बैंकका ग्राहकलाई होटल जंगल क्राउनमा १० प्रतिशतसम्मको छुट

    आर्थीकसंसार संवाददाता१५ भदौ, २०७९
    ४५४ पटक
    १५ भदौ, २०७९

    काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल र चितवनस्थित होटल जंगल क्राउनबीच सम्झाैता भएकाे छ । बैंक र हाेटलबीच बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने सम्झाैता भएकाे हाे ।
    सो सम्झाैतापश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले होटल जंगल क्राउनले प्रदान गर्ने सेवाहरुमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको जनाएकाे छ ।
    सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा एटिएम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ४६ हजार ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्