काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सर्वसाधारणले ५ रुपैयाँमा बीमा गर्न पाउनु पर्ने व्यवस्था गर्नु पर्ने बताएका छन् । सोमबार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा धारणा राख्दै उनले सर्वसाधारणले आफ्नो मोबाइलबाटै ५ रुपैयाँमा बीमा गर्न पाउनु पर्ने व्यवस्था गर्न आवश्यक रहेको धारणा राखेका हुन् ।
‘अब पाँच रुपैयाँमै बीमा गर्न सकिने वातावरणको सिर्जना हामीले गर्न सक्नु पर्छ, यो समय प्रविधिको हो,’ उनले भने । उनले अहिले लघुबीमाको पहुँच जम्मा २ प्रतिशत मात्रै भएकोले यसको पहुँच विस्तार गर्न आवश्यक रहेको बताए ।
यस्तै, उनले गरिबलाई बीमाको आवश्यकता छ भएकोले लघुबीमाको नीति ल्याएको बताए । गरिबी निवारणको लागि मुख्य साधन लघुबीमा भएको बताउँदै उनले यसले नागरिकलाई जागृत गराउने धारणा राखे ।
‘बीमितले सरेन्डर गराउन पाउनु पर्छ, त्यस्को लागि ३ बर्षको समय तोकिएको छ, बीमा गराए पछि सस्टेन गराउन सक्नु पर्छ,’ उनले भने ।
यस्तै, उनले अहिले बीमा समितिले कम्पनी मर्जरको विषयलाई प्राथमिकताका साथ हेरेको बताउँदै चैतपछि मर्जरमा नजाने कम्पनीलाई फोर्स मर्जरमा लैजाने धारणा राखे ।
सर्वसाधारणले ५ रुपैयाँमै मोबाइलबाट बीमा गर्न पाउनु पर्छ : अध्यक्ष सिलवाल
आर्थीकसंसार संवाददाता१४ भदौ, २०७९
१४ भदौ, २०७९- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- नबिल बैंकको नगद लाभांश घोषणा
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न