News Portal

  • प्रभु क्यापिटलको पिएमएस “प्रभु ऐश्वर्या योजना”मा नारीहरुलाई बिशेष छुट

    आर्थीकसंसार संवाददाता१३ भदौ, २०७९
    ३७९ पटक
    १३ भदौ, २०७९

    प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गतको प्रोडक्टहरुमध्ये “प्रभु ऐश्वर्या योजना” मा पिएमएस सेवा लिदा  एक बर्षका लागि वार्षिक सेवा शुल्क नलाग्ने अफर ल्याएको छ ।
    क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्र्तगतको प्रोडक्टहरु मध्ये “प्रभु ऐश्वर्या योजना” मा पिएमएस सेवा लिदा एक बर्षका लागि वार्षिक सेवा शुल्क नलाग्ने अफर ल्याएको हो ।
    “यो तीजमा प्रभु क्यापिटलको उपहार, एएमसीमा छूटको बहार” भन्ने नारासाथ शुरु हुने यो अफर यही भाद« १४ गते हरितालिका तीजका दिनदेखि भाद ३१ गतेसम्म सञ्चालनमा आउने जनाएको छ । यो अवधि भित्र यस लगानी यवस्थापन सेवामा आबद्व हुने दिदीबहिनीहरुले एक वर्षका लागि वार्षिक सेवा शुल्कमा १०० प्रतिशत  नै छूट पाउनेछन् ।
    प्रभु क्यापिटलका अनुसार यो योजनामा यस अघि क्यापिटलले २ प्रतिशत वार्षिक सेवा शुल्कमा दिदीबहिनीहरुलाई लगानीका लागि प्रोत्साहन गर्न ५० प्रतिशत छुट दिई १ प्रतिशत मात्र  एएमसी लिने गरेको थियो भने सोही शुल्कमा अब अफर अवधिभित्र यो योजनामा सहभागी भएकालाई एक वर्षका लागि कुनै शुल्क नलिने भएको छ ।
    यो योजना महिलाहरुलाई केन्द्रित गरी ‘महिलाहरुलाई आर्थिक रुपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’ भन्ने अवधारणा लिई विगत एक वर्ष अघि तिजकै अवसर पारी सञ्चालनमा ल्याईएको हो जसमा महिला ग्राहकहरुले न्यूनतम रु. ३ लाखबाट लगानी व्यवस्थापन सेवा शुरु गर्न सक्छन् ।
    क्यापिटलका अनुसार यस योजनामा सलंग्न भएका सेवाग्राहीहरुले अन्य पिएमएसका योजनामा जस्तै यसमा दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ईमेल मार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ । त्यसैगरी ग्राहकहरुले प्रभु क्यापिटलको डिजिटल एप मार्फत पनि सो योजनामा सहभागी हुनसक्ने तथा आफ्नो पोर्टफोलियो हेर्न सक्ने सुविधा शुरु गरिसकेको क्यापिटलले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्