News Portal

  • प्रभु बैंकका ग्राहकलाई सर्लाहीको सीता प्यालेस होटलमा आकर्षक छुट

    आर्थीकसंसार संवाददाता८ भदौ २०७९
    ३९८ पटक
    ८ भदौ २०७९

    काठमाडाैं । प्रभु बैंक र सर्लाहीस्थित सीता प्यालेस होटलबीच सम्झाैता भएकाे छ । बैंक र हाेटलबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झाैता भएकाे हाे ।
    उक्त  सम्झाैतामा बैंकका तर्फबाट हरिवन शाखा कार्यालय प्रमुख मनोज कुमार साह र सीता प्यालेस होटलका तर्फबाट प्रबन्धक मुकुन्द प्रसाद घिमिरेले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले सीता प्यालेस होटलद्धारा सञ्चालित फुड र वेभरेज सेवामा १० प्रतिशत र लजिङ्ग सेवामा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् ।
    बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी उक्त छुट पाइनेछ ।

    प्रतिकृया दिनुहोस्