काठमाडौं । मुक्तिनाथ विकास बैंकमा खाता खोल्ने नारीहरुले १ लाख रुपैयाँसम्मको बीमा सेवा पाइने छ । बैंकले ‘मुक्तिनाथ तीज विशेष अफर’ योजना अन्तर्गत उक्त सेवा दिन लागेको हो ।
यो योजना अन्तर्गत भदौ २०७९ भित्र मुक्तिनाथ विकास बैंकमा ‘मुक्तिनाथ महिला पेवा बचत खाता’ खोल्ने नारीले १ लाख रुपैयाँसम्मको चिकित्सा सम्बन्धी बीमा पाउने छन् । साथै, निःशुल्क मुक्तिनाथ भिसा डेबिट कार्ड (पहिलो वर्षको लागि), निःशुल्क मोबाइल बैंकिङ्ग (पहिलो वर्षको लागि) र ट्रानक्विलिटी स्पाको विभिन्न सेवामा ५० प्रतिशतसम्म छुट पाउने छन् । यो छुट २०७९ भदौसम्मको लागि मात्र हुने छ ।
यो योजनामा शर्तहरु लागु हुने भएकाले थप जानकारीका लगि बैंकको नजिकैको शाखामा सम्पर्क गर्न समेत कम्पनीले आग्रह गरेको छ । साथै, यो योजनाले नारीहरुलाई फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले हाल डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवगर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएमबाट निः शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
मुक्तिनाथ विकास बैंकमा खाता खोल्दा १ लाखसम्मको बीमा, स्पामा पनि छुट
आर्थीकसंसार संवाददाता८ भदौ २०७९
८ भदौ २०७९- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- नबिल बैंकको नगद लाभांश घोषणा
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न