News Portal

  • हिमालयन बैंक लिमिटेडद्वारा कान्ति बाल अस्पतालमा नगद संकलन काउन्टर सञ्चालन

    आर्थीकसंसार संवाददाता६ भदौ, २०७९
    ३५८ पटक
    ६ भदौ, २०७९

    हिमालयन बैंक लिमिटेडले महाराजगंज स्थित कान्ति बाल अस्पतालमा नगद संकलन काउन्टर संचालनमा ल्याएको छ । बंैक र अस्पतालले एक समारोहका बीच नगद संकलन काउन्टर संचालन गर्ने सम्झौता गरेको छ ।
    बंैकले अस्पतालमा उक्त सेवा २४ सै घण्टा प्रदान गर्नेछ । सो काउन्टरमा विभिन्न कार्डहरुबाट पनि भुक्तानी गर्न सकिने छ । बंैकद्वारा प्रदान गरिने उक्त सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका परिवार÷आफन्तजन तथा अस्पतालका कर्मचारीलाई सहजता प्रदान गर्नेछ ।
    नगद संकलन काउन्टर संचालनमा ल्याउने सम्झौता पत्रमा बंैकका तर्फबाट बंैकका महाप्रबन्धक उज्जल राजभण्डारी र अस्पतालका तर्फबाट अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले हस्ताक्षर गर्नु भएको छ । सो समारोहमा बंैक तथा अस्पतालका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्