काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले ठेकेदारहरुको बदमासीका कारण रसायनिक मल आयातमा समस्या भएको बताएका छन् । साउन महिनाभित्र नै मल ल्याएर वितरण गरिसक्ने योजनाअनुसार काम अगाडि बढेको भए पनि ठेकेदारहरुले बदमासी गरेका कारण ढिलाइ भएको उनले बताए ।
संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको छलफलमा मन्त्री भुसालले कोरोनाका कारण मल ल्याउन ढिलाइ भएको भन्नु उचित नहुने बताए । विषतमा ढिला टेण्डर हुँदा समस्या हुने गरेकोमा यो वर्ष समयमै टेण्डर आह्वान गरी प्रक्रिया अगाडि बढाउँदा पनि ठेकेदारहरुका लागि समस्या उत्पन्न भएको उनले बताए ।
‘टेण्डर गरेर दुई तीन महिनाको समय दिइएको थियो । त्यसमा सम्झौता गर्न आएनन् । सम्झौता गरेपछि एलसी गर्न आएनन् । एलसी गरेपछि त्यो पनि परिवर्तन गर्नुपर्यो । सबै गर्दा पनि पर्याप्त समय दिएका थियौं । असार र साउनभित्र नै ७० हजार मेट्रिक टन युरिया मल आएर वितरण गर्नुपर्ने थियो । साल्ट्र ट्रेडिङले साउन ४ भित्र नै ल्याएर वितरण भइरहेको छ । त्यसैले कोरोनाका कारण समस्या भएको होइन ।,’ भूसालले भने ।
मन्त्री भूसालले यो वर्ष विगतभन्दा बढी खेती भएकाले मलको माग पनि बढी भएको बताए । कोरोना गर्दा श्रमशक्ति गाउँमा भएपछि खेती पनि बढेको उनले बताए । विगतमा किसानहरुले मल अभाव हुँदा सीमाक्षेत्रबाट आफै ल्याउने गरेपनि यो वर्ष लक डाउनका कारण सम्भव नभएपछि समस्या भएको उनको भनाई छ ।
कृषि सामग्री कम्पनीले सम्झौता अवधिमा रसायनिक मल नल्याएको भन्दै दुई सप्लायर्सलाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ । कृषि सामग्री कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचललाई सोमबार पत्र पठाउँदै शैलुङ इन्टरप्राइजेट र होनिको मल्टिपललाई कालोसूचीमा राख्न सिफारिस गरेको हो । दुई सप्लायर्सले गत आर्थिक वर्ष २०७६/७७ का लागि आह्वान भएको अन्तराष्ट्रिय बोलपत्रअनुसार २५–२५ हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने ठेक्का पाएका थिए ।
मल आयातमा ढिलाई हुनु ठेकेदारहरुको बदमासीः मन्त्री भूसाल
आर्थीकसंसार संवाददाता२ असोज, २०७७
२ असोज, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?