News Portal

  • राष्ट्रिय बीमा संस्थानको मुनाफा २७ प्रतितशले बढ्यो, बीमा शुल्क आर्जन ८ अर्ब ३९ करोड

    आर्थीकसंसार संवाददाता२ भदौ, २०७९
    ४३७ पटक
    २ भदौ, २०७९

    काठमाडौं । राष्ट्रिय बीमा संस्थाले गत आर्थिक वर्ष २०७८/७९ मा खुद मुनाफा २७.४९ प्रतिशतले सुधार गर्न सफल भएको छ । संस्थानले गत आर्थिक वर्षमा ७ करोड १७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो भने अघिल्लो आर्थिक वर्षमा ५ करोड ६२ लाख रुपैयाँ थियो ।
    संस्थानले खुद बीमा शुल्क आर्जन पनि १० प्रतिशलते बढाएको छ । यस अवधिमा संस्थानले ८ अर्ब ३९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा ७ करोड ५८ लाख रुपैयाँ थियो । बीमा शुल्क भित्र्याउने अभिकर्ताले गत आर्थिक वर्षमा कमिशन मात्रै १८ करोड ६० लाख प्राप्त गरेका छन् । अघिल्लो आर्थिक वर्षमा यहि शिर्षकमा २६ करोड ८८ लाख रुपैयाँ खर्च भएको थियो ।
    संस्थानले अघिल्लो आर्थिक वर्षमा तीन अर्ब १९ करोड रुपैयाँ दाबी भुक्तानी गरेकोमा गत वर्ष पनि तीन अर्ब ९३ करोड रुपैयाँ भुक्तानी गरेको छ । समिक्षा अवधिमा संस्थाले १२ अर्ब ६४ करोड रुपैयाँ दीर्घकालिन लगानी गरेको छ भने अल्पकालिन कर्जा २ अर्ब ४३ करोड रुपैयाँ छ । बीमितहरुले बीमालेख धितोमा राखेर २ अर्ब २६ करोड रुपैयाँ कर्जा सापटी लिएका छन् ।
    संस्थानको चुक्ता पूँजी १८ करोड १० लाख २० हजार रुपैयाँ मात्रै छ । सरकारले बीमा समितिले निर्देशन गरेको पूँजी थप नगर्दा अझै पनि पूँजी धेरै कम छ । संस्थानको जगेडा कोषमा ४१ करोड १३ लाख रुपैयाँ मात्रै छ । जवकी जीवन बीमा कोषमा भने ३७ अर्ब ४१ करोड रुपैयाँ छ । संस्थानको विगत ७/८ आर्थिक वर्षकै लेखापरीक्षण गर्न बाँकी छ । यसले गर्दा कितपय वित्तीय सूचकमा परिवर्तन आउन सक्छ ।

    प्रतिकृया दिनुहोस्