काठमाडौं । विश्व बैंकले नेपाललाई २० करोड अमेरिकी डलर बराबरको सहयोग प्रदान गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९)का समस्यामा परेको अर्थतन्त्र उकास्न विश्व बैंकले नेपाललाई सहयोग प्रदान गर्न लागेको हो ।
बैंकले फाइनान्स फर ग्रोथ विकास नीतिअन्तर्गत कोभिड–१९ का वित्तीय क्षेत्रको स्थायित्वलाई थप बलियो बनाउन, वित्तीय साधनलाई थप विविधिकरण गर्न र वित्तीय सेवाको पहुँच अभिबृद्धि गर्नको लागि सहयोग पुर्याउने उद्देश्यका साथ यस्तो सहयोग गरिएको जानकारी दिएको छ ।
‘कोभिड–१९ को समयमा मानिसको ज्यान जोगाउनु प्राथमिकता हो तर, आर्थिक सुधारलाई जोड दिनु पनि उत्तिकै जरुरी छ, यो परियोजना र विश्व बैंकको सहयोगले वित्तीय क्षेत्र, पुँजी र बीमा बजारको अभिबृद्धिलाई अझ सुदृढ पार्न र नेपालको कोभिड–१९ का कारण समस्यामा परेको अर्थतन्त्रको पुनरुत्थानमा बढी प्रभावकारी रूपमा योगदान पुर्याउनको लागि मार्ग प्रशस्त गर्नेछ’, माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फरिस हदाद जर्भाेसले भने ।
यो फाइनान्स फर ग्रोथ सहयोग परिचालनबाट विशेष गरी महामारीको प्रभाव न्यूनिकरणका लािग बैंक तथा वित्तीय संस्थाहरुको जोखिमको नियमन र सुपरीवेक्षण गर्न सहयोग पुग्ने विश्व बैंकको विश्वास छ । यस्तो सहयोग रकमबाट पुँजी, बीमा, उद्यम पुँजी, निजी इक्विटी र प्रकोप जोखिम न्यूनीकरण गरी थप लगानी गर्न स्रोध उपलब्ध हुने बताइएको छ । यसले बजारमा लगानीका थप अवसरहरु सिर्जना गर्न सहयोग पुर्याउने बैंकको विश्वास छ ।
विश्व बैंकले नेपाललाई २० करोड डलर आर्थिक सहयोग गर्ने
आर्थीकसंसार संवाददाता२ असोज, २०७७
२ असोज, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने