News Portal

  • हिम पर्वत हाईड्रोपावर र सिबिआईएल क्यापिटलबीच साधारण शेयर निष्काशनसम्बन्धी सम्झौता

    आर्थीकसंसार संवाददाता१ भदौ, २०७९
    ५५० पटक
    १ भदौ, २०७९

    काठमाडौं । हिम पर्वत हाईड्रोपावर लिमिटेड र सिबिआईएल क्यापिटल लिमिटेडबीच आज एक समारोहका बीच त्रिपुरेश्वर, काठमाडौंमा साधारण शेयर निष्काशनसम्बन्धी सम्झौता भएको छ ।
    उक्त सम्झौतामा हिम पर्वत हाईड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष हिमाल गुरुङ तथा सिबिआईएल क्यापिटल लिमिटेडका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत उज्ज्वल चन्दले हस्ताक्षर गर्नुभयो ।
    सम्झौता अनुसार सिबिआईएल क्यापिटल लिमिटेडले हिम पर्वत हाईड्रोपावर लिमिटेडको १४ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीय तथा २८ लाख कित्ता शेयर सर्वसाधारण गरी जम्मा ४२ लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ ।
    हिम पर्वत हाईड्रोपावर लिमिटेडले दोलखा जिल्लामा २०.०० मे.वा.को सागुँ खोला जलविद्युत आयोजना र ५.५० मे.वा.को सागँु खोला—१ जलविद्युत आयोजना गरी जम्मा २५.५० मे.वा.को जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्