आर्थीकसंसार संवाददाता३१ साउन, २०७९
३१ साउन, २०७९पोखरा । पोखरा आउनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको सेदीमा रहेको अन्नपूण केबलकार चढी सोमबार साँझ सराङकोटसम्म यात्रा गर्नुभएको छ ।
आज साँझ केबलकारबाट सराङकोट पुग्नुभएकी राष्ट्रपति भण्डारी केबलकारबाटै सेदी फर्किएकी हुन् ।
पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको केवलकार गतवर्ष चैत्र १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो । सहासिक पर्यटनका गतिविधि गर्न तथा सूर्योदय, सूर्यास्तसँगै हिमशृङ्खला र पोखराका मनोरम दृश्य नियाल्नका लागि प्रख्यात सराङकोटलाई फेवाताल किनारबाट जोड्ने गरी केवलकार सञ्चालन भएको हो ।
केवलकारको माथिल्लो स्टेसनमा भ्यु टावर, गार्डेन, पार्किङ संरचना, रेष्टुरेन्ट, कफी सप, जिप लाइन, स्काइ साइक्लिङ र स्वीङ संचालनमा छन् ।