काठमाडौं । विश्वकै प्रख्यात स्मार्टफोन ब्राण्ड रियलमीले डान्सिङ रियालिटी शो ‘सुपर डान्सर नेपाल’को टाईटल स्पोन्सर गर्ने भएकोे छ । यो भारतको सबैभन्दा लोकप्रिय र ठूलो रियालिटी शो ‘इन्डियाज सुपर डान्सर’ मा आधारित फ्रेन्चाइज रियालिटी शो हो ।
हस्ताक्षर समारोहमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भन्नुभयो, “ प्रतिष्ठित ग्लोबल डान्स फ्रेन्चाइजको एक हिस्सा ‘सुपर डान्सर नेपाल’ सँग साझेदारी गर्न पाउदा हामी उत्साहित भएका छौँ । बालबालिका भविष्यका प्रतिनिधि हुन् । नेपालका प्रतिभाशाली बालबालिकाहरूका लागि यस्तो उत्कृष्ट प्लाटफर्मको हिस्सा बन्न पाउँदा धेरै खुशी लागेको छ । हामी सुपर डान्सर नेपालका सबै प्रतियोगीलाई धेरै धेरै शुभकामना दिन चाहन्छौँ ।”
सुपर डान्सर नेपालका निर्देशक भुषण दाहालले भन्नुभयो, “रियलमीसँग साझेदारी गर्न पाउँदा हामी अत्यन्तै खुशी छाँं । युवा र बालबालिकाहरु केन्द्रित ब्राण्ड रियलमीसँगको साझेदारीले पक्कै पनि हाम्रो शोमा उत्साह र स्फूर्ति थपिएको छ । आगामी दिनहरूमा पनि यो साझेदारी अझै मजबुत रहिरहने र नेपालको युवा तथा बालबालिकाको क्षेत्रमा सहकार्यका साथ काम गर्ने आशा राखेका छौं । भारतमा लोकप्रियता पाएको यस शोले नेपाली दर्शकहरूबाट पनि उत्तिकै माया पाउने आशा राखेका छौं । देश तथा देश बाहिर रहेका महत्वाकांक्षी र प्रतिभाशाली नर्तकहरूलाई प्लाटफर्म प्रदान गर्न हामीले शारीरिक अडिसनमा मात्र सिमित नभई डिजिटल अडिसनबाट पनि सहभागीहरू लिइरहेका छौं ।”
देशव्यापी रुपमा चल्ने ‘सुपर डान्सर नेपाल’ कान्तिपुर टेलिभिजनबाट यहि श्रावण २६ देखि हरेक बिहीबार र शुक्रबार राती ९ बजे प्रसारण भई रहेको छ । सुपर डान्सर नेपालका लागि सुपर जजको रुपमा भुवन केसी, जसिता गुरुङ र सुरेन राई रहेका छन् भने कार्यक्रमलाई कविता नेपाली र विल्सन विक्रम राईले सञ्चालन गर्नेछन् ।
रियलमी “सुपर डान्सर नेपाल” को मुख्य प्रायोजक
आर्थीकसंसार संवाददाता३१ साउन, २०७९
३१ साउन, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो