News Portal

  • टानको निर्वाचनमा निलहरि बास्तोलाको प्यानल विजयी

    आर्थीकसंसार संवाददाता३१ साउन, २०७९
    ९१३ पटक
    ३१ साउन, २०७९

    काठमाडौँ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को सोमवार सम्पन्न निर्वाचनबाट निलहरि बास्तोलाको प्यानाल नै विजयी भएको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी केन्द्र समर्थित सिंगो प्यानल नै भारी मतान्तरका साथ विजयी भएको हो ।
    मंगलबार बिहान सम्पन्न मतगणना अनुसार अध्यक्षमा माओवादी समर्थित कमल सापकोटालाई ३५२ मतको मतान्तरमा पराजित गर्दै निलहरि बास्तोला विजयी भएका छन् । बास्तोलाले ६१६ मत प्राप्त गर्दा सापकोटाले २६४ मत प्राप्त गरे । त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका बोधराज त्रिपाठीले ४४ मत प्राप्त गरेका छन्।
    निर्वचनबाट वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदिप पण्डित, द्धितिय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा, सचिवमा होमनाथ भट्टराई, कोषाध्यक्षमा पुरूषोत्तम तिमल्सिना, सहकोषाध्यक्ष छिङ दोर्जी शेर्पा विजयी भएका छन्।
    त्यस्तै सदस्यहरूमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा, सजना त्रिपाठी र कृष्णबहादुर परियार विजयी भएका छन् । विजयी भएका सदस्य मध्येका परियार भने सापकोटा प्यानलका हुन्।

    हेर्नुस् मतपरिणाम :

    प्रतिकृया दिनुहोस्