काठमाढौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८ /७९ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीले अधिकांश सूचकमा बृद्धि गर्न सफल भएको छ ।
समिक्षा अवधिमा कम्पनीले २१ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १०२ प्रतिशतले बढी हो ।
यस अवधिमा कम्पनीले २ अर्ब ५४ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ९० करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ३३ प्रतिशतले बढी हो ।
यस अवधिमा कम्पनीले ४१ करोड ७९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ८४ लाख रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको थियो ।
यस अवधिसम्ममा कम्पनीले २ अर्ब ७१ करोड ६९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले ४५ करोड ४९ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । अभिकर्ता कमिशन मार्फत कम्पनीले यस अवधिमा ३७ करोड ६० लाख रुपैयाँ खर्चिएको छ ।
२ अर्ब २४ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जीवन बीमा कोषमा ३ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थि कवर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा २ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा कोषको आकार बढेको हो ।
यस अवधिमा कम्पनीको जगेडा कोषमा ५४ करोड ८८ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३४ करोड १७ लाख थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको आकार बढेको हो ।
सन नेपाल लाइफको नाफा शतप्रतिशतले बढ्यो, खुद बीमा शुल्क आर्जन २ अर्ब ५४ करोडमाथि
आर्थीकसंसार संवाददाता२९ साउन, २०७९
२९ साउन, २०७९- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- नबिल बैंकको नगद लाभांश घोषणा
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न