News Portal

  • इमर्जिङ्ग नेपालको ‘प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापीटल वर्कसप’ सम्पन्न

    आर्थीकसंसार संवाददाता२८ साउन, २०७९
    ६८९ पटक
    २८ साउन, २०७९

    काठमाडौं । इमर्जिङ्ग नेपालले एकदिने ‘प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापीटल वर्कसप’ सम्पन्न गरेको छ ।
    कम्पनीले आफ्नो ७औं वार्षिक उत्वसवको अवसरमा काठमाडौंको आकामा होटलमा बिहिबार एक दिने प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापीटल वर्कसप आयोजना गरेको हो ।
    कार्यक्रमको अध्यक्षता इर्मजिङ्ग नेपालका संचालक समितिका अध्यक्ष लालमनी जोशीले गरेको थिए भने प्रमुख अथितिमा उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले गरेका थिए ।
    उक्त संस्थाले केयर रेटिङ नेपाल, होटल एलीस, विफिन, निफ्रा, खिम्ती–२ हाईड्रोपावरलगायत विभिन्न पुर्वाधार विकासमा लगानी गरेको छ ।
    कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश बेल्वासेले इमर्जिङ नेपालले पूर्वाधार विकास र लगानी व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको बताए । उनले आगामी दिनमा विभिन्न विकासका पुर्वाधारहरुमा लगानी गर्दै जाने, लगानी व्यवस्थापनका सम्बन्धमा तालिम प्रदानलाई निरन्तर्ता दिने, व्यवसायीलाई कन्सल्टीङ्ग सर्भिस गर्ने कम्पनीको योजना रहेको जानकारी दिए ।
    कार्यक्रममा बैंक तथा वित्तिय संस्था, क्यापीटल मार्केट र प्राइभेट फर्महरु लगाएतको सहभागीता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्