काठमाडौं । एनआईसी एशिया बैंकले खल्ती डिजिटल वालेटमार्फत सुपर चमत्कारिक कर्जाहरूको आवेदन दिन सकिने नयाँ सु्विधा ल्याएको छ । बैंकले ल्याएको यस योजनाअन्तर्गत समावेश गरिएका सर्वाधिक फाइदा तथा सुविधाहरू भएका सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जाको आवेदन उक्त खल्ती डिजिटल वालेटबाट जुनसुकै स्थान र समयमा आवेदन दिन सक्ने छ ।
त्यस्तै, बैंकको मोबाईल बैंकिङ्ग सुविधा उपभोग गरिरहेका ग्राहकहरूले आफ्नो बैंक खातामा खल्ती डिजिटल वालेटलाई लिंक गरेमा १४ असोज २०७७ सम्म ५० रुपैयाँ नगद उपहार प्रदान गर्ने व्यवस्था खल्ती वालेटले गरेको छ ।
ग्राहकले खातामा वालेटलाई जोडेपश्चात् वालेटमार्फत वस्तु तथा सेवा खरिद गर्दा लागत रकम सिधै बैंक खाताबाट भुक्तानी गर्न सकिने व्यवस्था उपलब्ध हुनेछ ।
सम्पूर्ण आवश्यक कागजात बुझाएको ४८ घण्टाभित्र सम्बन्धित आवेदकलाई कर्जा प्रवाह गर्ने व्यवस्था मिलाएको बैंकले जनाएको छ । आवेदकको ग्राहकलाई कर्जा स्वीकृतिको अवस्थाको बारेमा यस बैंकले एसएमएसबाट जानकारी गराउनेछ । साथै आवेदकले समेत यस बैंकको वेबसाइटमा गई लोन स्टाटस आफै ट्रयाक गर्न सक्ने व्यवस्था गरेको बैंकले जनाएको छ ।
एनआईसी बैंकमा खल्ती डिजिटल वालेटमार्फत कर्जाको आवेदन दिन सकिने
आर्थिकसंसार डटकम२ असोज, २०७७
२ असोज, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान