काठमाडौं । शेयर लगानीकर्ताले आफ्नो टिएमएस मार्फत आइएमई पे छनौट गरी आफूले ब्रोकरलाई शेयर खरिद गरेबापत गर्नुपर्ने भुक्तानी साथै शेयर खरिद गर्न चाहिने कोलेटरल लोड गर्न सक्नेछन् । हाल यो सुविधा ३५ वटा भन्दा बढी ब्रोकरहरुमा उपलब्ध छ । आगामी दिनमा बाँकी ब्रोकरहरु पनि थपिने कम्पनीले बताएका छन् ।
टिएमएसमा धितो लोड गर्दा र फन्ड सेटलमेन्ट गर्दा आइएमई पे रोजी सजिलै कारोबार गर्न सकिने हुँदा यसले शेयर कारोबार गर्ने सबैलाई थप सहज हुने साथै भुक्तानी सेवा प्रदायक यसरी टिएमएसमा जोडिनुले नेपालको शेयर बजारलाई डिजिटाइज गर्न थप टेवा पुग्ने कम्पनीका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले उल्लेख गर्नुभएको छ ।
यो भुक्तानी रियल–टाईममा हुने भएकाले ब्रोकर तथा शेयर लगानीकर्ता दुवैले ढुक्कै कारोबार गर्न सक्नुहुनेछ । यो सुविधा प्रयोग गर्ने शेयर लगानीकर्तालाई हालको लागि कुनै सेवा शुल्क नलाग्ने गरी व्यवस्था मिलाइएको छ ।
आइएमई पेको बारेमाः
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । ‘आइएमई पे’ आइएमई ग्रुपको डिजिटल वित्तीय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।
आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुविधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योग्दान पुर्याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरुमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।
टिएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड अव आइएमई पे मार्फत
आर्थीकसंसार संवाददाता२४ साउन, २०७९
२४ साउन, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान