News Portal

  • इमर्जिङ्ग नेपालको निमित्त सीईओमा रमेश बेल्वासे नियुक्त

    आर्थीकसंसार संवाददाता२२ साउन, २०७९
    ४३५ पटक
    २२ साउन, २०७९

    काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको निमित्त प्रमुुख कार्यकारी अधिकृतमा रमेश बेल्वासेलाई नियुक्त गरिएको छ । गत शुक्रबार कम्पनीको सञ्चालक समितिको ७०औं बैठकको निर्णानुसार साउन २० गतेबाट नै लागू हुनेगरी उनलाई निमित्त प्रमुुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।


    हिरोवट युनिभर्सिटी, युकेबाट बिबिए र मास्टर डिग्री गरेका बेल्वासेले नेपाल एसबीआई मर्चेण्ट एण्ड बैकिङ्ग लिमिटेडमा लगानी प्रमुख भई ४ वर्ष काम गरेको अनुभव छ ।
    मर्चेण्ट एण्ड बैकिङ्ग क्षेत्रको राम्रो अनुभव भएका बेल्वासेलाई प्रमुखको जिम्मेवारी दिँदा संस्थागत विकासमा अगाडि बढ्ने विश्वास कम्पनीले लिएको छ ।

    प्रतिकृया दिनुहोस्